Section outline

  • यस एकाइमा २५० देखि ३०० शब्दसम्मको गद्यांश अध्ययन गरी त्यसमा आधारित प्रश्नहरूको उत्तर लेख्ने अभ्यास गराइनेछ। गद्यांशबाट तथ्यपरक, निष्कर्षात्मक, अनुमानात्मक तथा सन्दर्भबोधक प्रश्नहरूको उत्तर दिनुका साथै दिइएका शब्द वा पदावलीको अर्थ लेख्न सक्नुपर्छ। यस अभ्यासले विद्यार्थीको पढाइ बोध, विश्लेषण क्षमता, तर्कशक्ति तथा शब्दभण्डार विकास गर्न सहयोग पुर्‍याउँछ।

    सिकाइ उपलब्धि:

    • गद्यांशको मुख्य भाव बुझ्न सक्ने।
    • तथ्यपरक, निष्कर्षात्मक र अनुमानात्मक प्रश्नहरूको उत्तर दिन सक्ने।
    • सन्दर्भअनुसार शब्द तथा पदावलीको अर्थ पहिचान गर्न सक्ने।
    • गद्यांशको सन्देश र आशय विश्लेषण गर्न सक्ने।